परामर्श परिषद्को निष्कर्ष : पुनर्निर्माण कार्य सन्तोषजनक

परामर्श परिषद्को निष्कर्ष : पुनर्निर्माण कार्य सन्तोषजनक


इन्जिनियर्स नेपाल |  पुस २६, २०७६, काठमाडौं


#
engineersnepal.com

#

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण राष्ट्रिय पुनर्निर्माण परामर्श परिषद्को बैठकले पुनर्निर्माणका कार्यहरु सन्तोषजनक रुपमा अघि बढेको निष्कर्ष निकाल्दै बाँकी काम छिटो सक्ने गरी काम गर्न सुझाव दिएको छ ।

बैठकको निष्कर्ष सुनाउँदै प्रधानमन्त्री एवं परामर्श परिषद्का अध्यक्ष केपी शर्मा ओलीले पुनर्निर्माणका कार्य प्रगति सन्तोषजनक भएको र देखिएका समस्याहरुलाई समाधान गर्दै बाँकी काम सकेसम्म छिटो गर्न प्राधिकरणलाई सुझाव दिएको बताए ।


ADVERTISEMENT

बैठकले भूकम्पपछिको राहत, उद्धार र पुनर्निर्माण बारेका सिकाई र अनुभवहरु अहिलेका पुस्तामा सचेतना जगाउन र भावी पुस्तालाई जानकारी दिनका लागि संरक्षित र सुरक्षित गर्न पनि सुझाव दिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपालको पुनर्निर्माणका सिकाई र अनुभव बाँडनका लागि आगामी वर्ष नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले पुनर्निर्माण राम्रो गतिमा अघि बढेको र नेपालको पुनर्निर्माण तथा विपदको क्षेत्रमा काम गरेका अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरुले आफूसँगको भेटमा पुनर्निर्माणमा नेपालले हासिल गरेको प्रगति उल्लेखनीय र अनुकरणीय भनेको जानकारी दिए ।



Your Comments