नेपाली इन्जिनियरको प्रोजेक्ट जिरो

नेपाली इन्जिनियरको प्रोजेक्ट जिरो

नेपालमा नेपालकै यात्री मोटरसाइकल


इन्जिनियर्स नेपाल |  माघ १९, २०७६, काठमाडौं


#
engineersnepal.com

#

पुस महिनामा नेपालमै पहिलोपटक नेपालीहरुले डिजाइन तथा निर्माण गरेको मोटरसाइकल लञ्च भयो । यससँगै डिजाइनर स्टुडियो प्रालिले यात्री मोटरसाइकलको पहिलो परियोजना ‘प्रोजेक्ट जिरो’ सफल भएको बताउँदै छिट्टै नेपाली बजामा आउने जानकारी दिएको छ । दुई वर्षको मिहिनेत र निरन्तरको प्रयासपछि ‘प्रोजेक्ट जिरो’ले सफलता हात पारेको हो ।

प्रोजेक्ट जिरो खासगरी विदेशमा इन्जिनियरिङ शिक्षा अध्ययन गरेका असिम पाण्डेको सपना थियो । उनको सपनामा साथीहरुले साथ दिएपछि नेपालमै यात्री मोटरसाइकलको जन्म भएको हो ।


ADVERTISEMENT

मोटरसाइकल २३० किलोमिटर गुड्ने गरी फुल चार्ज गर्दा ७० रुपैयाँबराबर बिजुली खर्च आउँछ । जबकि यही दूरी पार गर्दा पेट्रोल प्रयोग हुने मोटरसाइकलमा ७ सय रुपैयाँसम्म खर्च आउँछ । मोटरसाइकल फुल चार्ज गर्न २ घण्टा लाग्छ ।

 

असिमको सपना र साथीहरुको साथ
असिम सानैदेखि मोटरसाइकलका सौखीन थिए । उनलाई मोटरसाइलका जडान गरिएका पार्टहरुबारे सधैँ चासो रहन्थ्यो । सानै उमेरमा कार र मोटरसाइकल चलाउन सिकेका असिमले भविष्यमा आफूले पनि मोटरसाइकल बनाउने सपना देख्न थाले । त्यही सपनाले उनलाई इन्जिजियरिङ शिक्षाको बाटोमा धकेलिदियो । असिम मेकानिकल इञ्जिनियिरङ पढ्न नेदरल्याण्ड्सको डेल्फ्ट युनिभर्सिटी अफ टेक्नोलोजीमा भर्ना भए ।

पढाइसँगै उनले त्यहाँ विभिन्न प्रोजेक्टमा काम गरे । स्पोट्र्स कार बनाउने अटोमोबाइल म्यानुफ्याकचरिङ कम्पनीमा दुई वर्ष ‘इन्टर्न’ गरे । यो अवधिमा असिमले डिजाइनसम्बन्धी थुप्रै ज्ञान हासिल गरे । उनले आफ्नो सीपलाई नेपाली भूमिमा प्रयोग गर्ने सोचे र पढाइ पूरा भएपछि सन् २०१७ मा नेपाल फर्किए । 

 

अधिकांश इलेक्ट्रिक कारको क्षमता ३ किलोवाट रहे पनि यात्रीको क्षमता तीभन्दा १० गुणा बढी छ । आफूले प्रयोग गरेको ‘इनर्जी’, आफ्नो एभरेज स्पिड मोटरसाइकलको मोबाइल एप ‘यात्री हब’बाट थाहा पाउन सकिन्छ ।

 

उनी नेपालमा इलेक्ट्रिकल मोटरसाइकल निर्माण गर्ने सोचका साथ विभिन्न सरकारी निकायमा पुगे । तर, उनलाई कसैले साथ दिएनन् । असिमले हार मानेनन् । सो क्रममा ‘टेड–एक्स टक’ मा निम्ता पाएका उनले त्यहाँ उपस्थित इन्जिनियहरुको माझमा आफ्नो सपना पस्किए । उनको प्रोजेक्टबारे थाहा पाएपछि अन्य साथीहरु पनि उनीसँग जोडिन आए । लगत्तै डिजाइन स्टुडियो प्रालि दर्ता भयो । .

टिममा असिम, कनिष्क सुवाल, रचिन्द्र श्रेष्ठ र अशेष श्रेष्ठ मेकानिकल इन्जिनियर, कृष्णप्रसाद श्रेष्ठ इलेक्ट्रिकल एन्ड इलेक्ट्रिोनिक्स इन्जिनियर, ठाकुर पौडेल र अदवेत रिजाल ब्याट्री सिस्टम इन्जिनियरको रुपमा काम गरिरहेका छन् ।

सुलभ लाल श्रेष्ठ इम्बेडेड सिस्टम इन्जिनियर र सार्थक शर्मा पौडेल मोबाइल एप डेभलपरको रुपमा छन् । ‘हाम्रो टिमको अथक प्रयास र मिहिनेतले यात्री मोटरसाइकल सम्भव भएको हो’, असिम भन्छन्, ‘च्यासिस डिजाइन, इन्जिनियरिङ, सफ्टवेयर र निर्माणको काम स्वदेशकै भएको मुलुककै पहिलो दुईपाङ्ग्रे विद्युतीय मोटरसाइकलको निर्माण गर्न पाउँदा हामी निकै खुसी छौँ ।’

 



कम्पनीले हालै मात्र सार्वजनिक गरेको यात्री मोटरसाइकल भर्सन २.१ को प्रि–प्रोडक्सन मोडल हो । उसले भर्सन वान, भर्सन टु, भर्सन २.१ गरी ३ वटा डिजाइन बनाएको छ । अरु भर्सनमा पनि काम गरिरहेको र भविष्यमा फरक–फरक भर्सनका मोटरसाइकल ल्याउने लक्ष्य राखेको छ । 

 

यात्रीका विशेषता

यात्री एक प्रिमियम इलेक्ट्रिक मोटरसाइकल हो । जुन सन् १९६० को दशकको ‘क्याफे रेसर’ डिजाइनबाट प्रभावित रहेको छ । सहरी क्षेत्र र आधुनिक कनेक्टिभिटीका लागि डिजाइन गरेर निर्माण गरिएको ‘यात्री’ पावरफुल र बोल्ड रहेको असिम बताउँछन् ।

यो अन्य इलेक्ट्रिक मोटरसाइकलभन्दा भिन्न देखिन्छ । हेर्दा बुलेटजस्तो । एकपटक फूल चार्ज गरेपछि २३० किलोमिटरसम्मको यात्रा गर्न सक्छ । यसमा ३० किलोवाट ब्याट्री क्षमता रहेको छ भने यसले ४० हर्सपावर बराबरको काम गर्ने कम्पनीले जानकारी दियो । मोटरसाइकल फुल चार्ज गर्न २ घण्टा लाग्छ ।

‘हामीले नेपालको विभिन्न क्षेत्रमा पुगेर सवारीसाधन र सडकको अवस्थाको विषयमा अनुसन्धान गरी नेपाली सडक र परिवेश सुहाउँदो डिजाइन तयार पारेका हौँ’, संस्थापक असिम भन्छन्, ‘मोटरसाइकलमा मेटलभन्दा पनि कार्बन फाइबरको प्रयोग गरिएको छ । जुन हेर्दा आकर्षक र चढ्दा हलुका रहन्छ ।’

यात्रीको सिटको हाइट ८.४५ एमएम अग्लो छ भने ह्विलबेस १३७० एमएम छ । जुन अरु बाइकभन्दा लामो हो ।
अधिकांश इलेक्ट्रिक कारको क्षमता ३ किलोवाट रहे पनि यात्रीको क्षमता तीभन्दा १० गुणा बढी छ । आफूले प्रयोग गरेको ‘इनर्जी’, आफ्नो औसत गति मोटरसाइकलको मोबाइल एप ‘यात्री हब’बाट थाहा पाउन सकिन्छ । ‘मोबाइल एप्लिकेसनले स्पिड नियन्त्रणको लागि पनि सहयोग गर्छ र एपमा लोकेसन ट्र्याकर तथा सर्भिसिङ गर्ने समयको पनि जानकारी लिन मिल्छ’, असिम सुनाउँछन् । 

कम्पनीले नेपालमै हरेक कुराको डिजाइन गरेर त्यसलाई अन्तिम रुप दिएको हो । मोटरसाइकलको हरेक पाट्र्स कम्पनीकै इन्जिनियरिङ र डिजाइनमा बनेको छ । कसैले यात्रीमा प्रयोग भएका पाट्र्सहरु बाहिरबाट ल्याएर नेपालमा एसेम्बल गरेको भन्ने सोचेको छ भने त्यो केवल भ्रम रहेको कम्पनी बताउँछ ।

स्पेयर पाट्र्स निर्माणका लागि भने युरोप, अमेरिका, चीन, भारतलगायतका देशका कम्पनीसँग सहकार्य गरिएको हो । ‘नेपालमा निर्मित सामग्रीको गुरणस्तरीयतामाथि प्रश्न उठाउने हाम्रो खराब बानी छ । स्वदेशी उत्पादनमा हामी विश्वास नै गर्दैनौँ । तर, यात्रीले यो सबै भ्रमलाई तोड्नेछ’, असिम भन्छन् ।

यात्री मोटरसाइकल चलाउँदा प्रदूषण नहुने भएकाले वातावरण संरक्षणमा सहयोग पु¥याउने, मोटरसाइकल र पेट्रोलको आयात घटाएर व्यापारघाटा घटाउने कम्पनीको दाबी छ । कम्पनीका अनुसार मोटरसाइकल २३० किलोमिटर गुड्ने गरी फुल चार्ज गर्दा ७० रुपैयाँ बराबर बिजुली खर्च आउँछ । जब कि यही दूरी पार गर्दा पेट्रोल प्रयोग हुने मोटरसाइकलमा ७ सय रुपैयाँसम्म खर्च आउँछ ।

चैतसम्ममा बजारमा यात्री
कम्पनीले हालै मात्र सार्वजनिक गरेको यात्री मोटरसाइकल भर्सन २.१ को प्रि–प्रोडक्सन मोडल हो । उसले भर्सन वान, भर्सन टु, भर्सन २.१ गरी ३ वटा डिजाइन बनाएको छ । अरु भर्सनमा पनि काम गरिरहेको र भविष्यमा फरक–फरक भर्सनका मोटरसाइकल ल्याउने लक्ष्य कम्पनीको छ । 

हाल भर्सन २.१ का ५० वटा मोटरसाइकलका प्रि–अर्डर खुला गरिएको थियो । यतिबेला सबै मोटरसाइकल बुकिङ भइसकेको छ । व्यवसायी सौरभ ज्योति यात्रीको पहिलो ग्राहक बनेका छन् । बुकिङ खुला गरेको पहिलो महिनामै तीन सय जनाले मोटरसाइकल किन्न खोजेका थिए । मोटरसाइकल चैतसम्मका नेपाली बजारमा ल्याउने तयारी कम्पनीको छ । 

न कानुन छ, न सरकारी साथ
यस्ता परियोजनाका लागि सरकारले पनि सहयोग गर्नुपर्ने कम्पनीको भनाइ छ । स्वदेशमै केही गर्नुपर्छ भनेर आफूहरु लागिपरेकाले कर छुटलगायतका विषयमा सरकारले सहयोग गर्नुपर्ने असिम बताउँछन् । ‘सरकारको सहयोग मिल्यो भने हामी आफ्नै देशको प्रोडक्टलाई नेपालमा मात्र नभएर विदेशमा पनि पठाउन सक्छौँ’, उनी भन्छन् ।

नेपालमा सवारीको डिजाइनिङदेखि इन्जिनियरिङ, टेस्टिङ, म्यानुफ्याक्चरिङसम्बन्धी कुनै नीति, नियम वा कानुन बनेको छैन । नेपालको कानुनले विदेशबाट च्यासिस ल्याएर गाडीको बडी बनाउने र मर्मत गर्नेबाहेक अरु कल्पना गरेको छैन । त्यसैले कम्पनीले आफूले डिजाइन गरेका पार्टहरु यहीँ निर्माण गर्नसक्ने अवस्था थिएन ।

विदेशबाट मगाउँदा भन्सारमा अनेक झमेला खेप्नुप¥यो । तर, असिमको टिमले हार नमानी झमेलाहरुको सामना ग¥यो । ‘हामीकहाँ अटोमोबिल डिजाइनिङ र इन्जिनियरिङ क्षेत्रमा कुनै कम्पनी नै छैन । न सरकारको सपोर्ट नै छ । यसतर्फ समयमै ध्यान पु¥याउन आवश्यक छ ।’ 

देशमै केही गर्नुपर्छ भन्ने भावना र सीप भएका युवाहरुलाई आगामी दिनमा कम्पनीले समेट्दै लाने सोच बनाएको छ । यसलाई भविष्यमा बृहत् परियोजनाको रुपमा स्थापना गर्ने र सस्तो तथा सर्वसुलभ स्वदेशी मोटरसाइकल प्रयोग गर्ने वातावरण बनाउने सपना कम्पनीले लिएको छ । 

इन्जिनियर्स नेपाल मासिक पत्रिकाबाट 



Your Comments