लोकसको टेक्निकल फेस्टिभल सम्पन्न, २० हजारले अवलोकन गरे (फोटोफिचर)

लोकसको टेक्निकल फेस्टिभल सम्पन्न, २० हजारले अवलोकन गरे (फोटोफिचर)


इन्जिनियर्स नेपाल |  माघ १९, २०७६, काठमाडौं


#
engineersnepal.com

#

इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा कम्प्युटर, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीको संस्था लोकसले सत्रौँ प्रबिधी प्रदर्शनी मेला सम्पन्न गरेको छ ।

माघ १७ गते देखि १९ गते सम्म चलेको मेला उद्घाटन प्रमुख अतिथी खेलकुद तथा युवा मन्त्री जगतबहादुर विश्वकर्माले गरेका थिए । 


ADVERTISEMENT

कार्यक्रममा विभिन्न एक सय बढी स्टलहरु रहेका थिए । जसमा अठासी स्टलहरु विद्यार्थीहरुले तयार पारेका प्रोजेक्टहरुका थिए भने अन्य स्टलहरु कर्पोरेट क्षेत्रका थिए । मेलामा सहभागी आफैले बनाएका ड्रोनहरुको ड्रोन रेसिङ प्रतिस्पर्धा, रोबर्ट वार, रोवटले वेलुन फोड्ने अर्थात रोवोपप लगायतका रमाइला खेलहरु समेत भएका थिए ।

बिभिन्न प्रोजेक्टहरुलाई आयोजककोको निर्णय अनुसार पुरस्कृत गरिने र पब्लिक च्वाइस अन्तरगत खल्ती एपबाट हालिएको भोटको आधारमा उत्कृष्ट प्रोजेक्ट छुट्टाइने आयोजकले जनाएको छ ।

करिब विस हजार मानिसहरुबाट मेला अबलोकन भएको लोकसका संयोजक अनुसन्धान पोख्रेलले जानकारी दिए । दिपकराज गिरी, सुसील श्रेष्ठ, विश्वजित रिमाल, सन्दीप क्षेत्री, सविन कार्की, अनिल गरुङ लगायतका कलाकारहरुले समेत मेला अवलोकन गरेका थिए ।

प्रदर्शनीका केही तस्वीरहरु

 

 

 

 

 

 

 

 

 

 

 

मेलाका थप तस्वीर हेर्न तलको लिङ्कमा क्लीक गर्नुहोस : 

https://www.facebook.com/pg/EngineersNepalOfficial/photos/?tab=album&album_id=607714856708662



Your Comments