शुक्रबारदेखि पश्चिमाञ्चल क्याम्पस पोखरामा ‘दोस्रो टेक्निकल फेस्टिभल’ हुँदै

शुक्रबारदेखि पश्चिमाञ्चल क्याम्पस पोखरामा ‘दोस्रो टेक्निकल फेस्टिभल’ हुँदै


इन्जिनियर्स नेपाल |  माघ ९, २०७६, कास्की


#
engineersnepal.com

#

पश्चिमाञ्चल क्याम्पस पोखरामा ‘दोस्रो टेक्निकल फेस्टिभल’ हुने भएको छ । माघ १० गतेदेखि हुने तीन दिने सो फेस्टिभल पश्चिमाञ्चल क्याम्पसका विद्यार्थी तथा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा हुने भएको हो ।
उक्त कार्यक्रममा इन्जिनियरिङ विद्यार्थीले आफ्ना प्रोडेक्टहरु प्रदर्शनमा राख्ने छन् । सो अवसरमा कृषि, प्राकृतिक प्रकोप व्यवस्थापन, ऊर्जा उत्पादन तथा व्यवस्थापन, पर्यटनलगायतका स्टलहरु राखिने छ ।
इन्जिनियरिङका विषयगत विद्याअनुसार छुट्टाछुट्टै प्रोजेक्टहरुको प्रदर्शन गरिनेछ । रोबोरेस र कोडक्याम्प जस्ता कार्यक्रमहरु पनि हुने छन् । कार्यक्रमा विभिन्न इन्जिनियरिङ, आईटी र प्लस टूका विद्यार्थीहरुको समेत सहभागीता रहने बिजनेश कमिटीका सब–कोडिनेटर आकाश घिमिरेले इन्जिनियर्स नेपाललाई जानकारी दिए ।

 


ADVERTISEMENT


 



Your Comments