चार महिनामा ८ लाख स्मार्ट लाइसेन्स छापिने, दैनिक ५ हजार छापिन्छ अहिले

चार महिनामा ८ लाख स्मार्ट लाइसेन्स छापिने, दैनिक ५ हजार छापिन्छ अहिले


इन्जिनियर्स नेपाल |  माघ १७, २०७६, काठमाडौं


#
engineersnepal.com

#

स्मार्ट लाइसेन्स छिटो छापेर वितरणका लागि यातायात व्यवस्था विभागले सक्रियता बढाएको छ। हाल छाप्न बाँकी रहेका स्मार्ट चालक अनुमतिपत्र (लाइसेन्स) आगामी चार महिनाभित्र सबै तयार पार्नेगरि काम थालिएको छ।


बढी प्रिन्टिङ क्षमताको उपकरण (मास प्रिन्टर) सञ्चालनमा आएसँगै विभागमा रहेका अनुमतिपत्र चार महिनामा छापिसकिने र अबका दिनमा थप हुने अनुमतिपत्र अर्को दुई महिनामा छापिसक्ने लक्ष्य लिइएको विभागले जनाएको  छ ।     
      
हाल झण्डै आठ लाख चालक अनुमतिपत्र वितरण गर्न बाँकी छ। असोजमा ल्याइएको मास प्रिन्ट दुई महिनासम्म थन्किएको थियो। पछिल्लो महिनादेखि यो संचालनमा आएको हो । 


ADVERTISEMENT

हाल दैनिक सात–सात घण्टा गरी तीन सिफ्टमा सञ्चालन भइरहेको र दैनिक पाँच हजार छपाई भइरहेको विभागले जनाएको छ । 



Your Comments